राजनीति

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा चिनियाँ राजदूत यान्छी र गृहमन्त्री खाणबीच भेटवार्ता भएको हो ।

भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिएकी छिन् भने नेपाल–चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरेकी थिइन् । यस्तै, गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।