राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रम : खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्ने


काठमाडौँ – सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । त्यस्तै सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्ने भएको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोनाकालमा भएका अनियमितताबारे छानविन गर्ने बताउनुभएको हो ।

सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै खड्काले भ्रष्टाचारको छानविन गर्नेसँगै आगामी असोजभित्र एकतिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप दिइने समेत सरकारको लक्ष्य रहेको बताउनुभयो ।