कोरोना विशेष

२४ घण्टामा २ हजार ५४८ मा कोरोना पुष्टि, ५५ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ३७८ नमुना परीक्षण गर्दा २५ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज २ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन्

कोभिडको कारण ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ३५ हजार ५७८ सक्रिय संक्रमित छन् ।