राजनीति

जमिनको स्वामित्व व्यक्तिलाई दिएर गल्ती भयो : वामदेव


काठमाडौँ – राष्ट्रियसभामा नेकपा एमालेका सदस्य वामदेव गौतमले जमिन व्यक्तिको नाममा दिएर गल्ती भएको बताउनु भएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताउनु भयो ।

‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनि हुने, अर्काथरि मानिसहरु सुकुम्बासी हुँदैहुँदै जाने,’ उनले बताए ।

गौतमले भने, ‘व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’