कोरोना विशेष

भेरोसेललाई साउदीले दियो मान्यता


काठमाडौँ – साउदीले कोरोना विरुद्धको खोप सिनोफर्मलाई पनि मान्यता दिएको छ । सिनोफर्मलाई मान्यता दिएसँगै मान्यताप्राप्त खोपको संख्या ६ पुगेको छ । यो भन्दा पहिले साउदीले फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मान्यता दिएको थियो ।

नेपालमा अहिले चिनियाँ खोप कम्पनी सिनोफर्मको भेरोसिल खोप बढीजसो लगाइरहेको अवस्था छ । पहिले यो खोपलाई साउदीले मान्यता नदिँदा धेरै श्रमिकहरु जोनसन एण्ड जोनसनको लागि पर्खिनुपरेको थियो । अब यो खोपलाई मान्यता दिएसँगै साउदी जाने श्रमिकलाई सहज हुनेछ ।