खेलकुद

कम्युनिटी शिल्डको उपाधि लेस्टरलाई


काठमाडौँ – लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ। लेस्टरलइंग्लिस प्रिमियर लिग (ईपीएल) का विजेता म्यानचेस्टर सिटीलाई १–० ले हराउदै उपाधि रक्षा गरेको हो ।

शनिबार राति वेम्बली रंगशालामा भएको खेलमा लेस्टरका लागि केलेची ह्युनाचोले गोल गरेका थिए। खेलको ८९ औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि हिनाचोले त्यसको सदुपयोग गर्दै गोल गरेका थिए।ले म्यानचेस्टर सिटीविरुद्ध १–० गोलको जित निकालेको हो।
खेलमा सिटीले पकड जमाए पनि उसले गोल भने गर्न सकेन । ५७ प्रतिशत बलमा पकड जमाएको सिटीले विपक्षीको पोस्टमा १२ प्रहार गरेको थियो ।

लिग सुरु हुनु अघिको यस जितले लेस्टरलाई हौसला मिलेको छ । २०१६ को अपत्यारिलो लिग उपाधि, गएको सिजनमा पनि विश्वास गर्न नसकिने एफए कप उपाधि र सिजनअघि अहिलेको कम्युनिटी शिल्डले यसपटकको लिगमा उपाधि रक्षाका लागि आफ्नो पनि दावेदारी पेश गरेको बुझ्न सकिन्छ । लेस्टरका समर्थकका लागि यि उपाधि कल्पना गरेभन्दा केही बाहिरको पनि मानिएको छ। सिटीले रेकर्ड मूल्यमा अनुबन्ध गरेका ज्यान गियरलिसलाई खेलको ६५ औं मिनेटमा डेब्यूको अवसर दिए पनि उनले नजितामा बदलाब ल्याउन सकेनन्।

ईपीएल र एफ कपको विजेताले कम्युनिटी शिल्ड कप खेल्ने गर्छ । त्यसैले यि दुई विजेताबीच कम्युनिटी शिल्ड खेल हुने पूर्व निर्धारित थियो। पछिल्लो सिजनमा ईपीएलमा म्यानचेस्टरले उपाधि जितेको थियो। यता एफ ए कपको फाइनलमा चेल्सीलाई हराउँदै लेस्टर सिटीले उपाधि जितेको थियो।