राजनीति

एमाले नेता योगेश भट्टराईलाई मातृशोक


काठमाडौँ – नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी आमाको निधन भएको छ । उहाँकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको आज अपरान्ह निधन भएको हो ।

उहाँ नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी उपाध्यक्ष मातृका भट्टराईकी आमा र नर्सिङ्ग काउन्सिलका रजिस्ट्रार विन्दा भट्टराईकी सासुआमा हुनुहुन्छ ।