समाचार

पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेपछि


काठमाडौँ – मन्दिरमा पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेका छन् । मन्दिरजस्तो पवित्र स्थलमा भएको यो घृणित कार्यको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएपछि मन्दिर कमिटीले पुजारीसँग सोधपुछ गरेको छ ।

घटना भारतको बिहारको दरभन्गाको हो । एक जना महिला पूजा गर्न मन्दिर गएकी थिइन् । तर कोरोना कहरका कारण मन्दिरमा पूजा गर्न नमिल्ने बताएपछि पुजारी र ती महिलाबीच विवाद सुरु भएको थियो ।

विवादका क्रममा पुजारीले कोरोनाका कारण सर्वसाधरणलाई मन्दिर नखुलेको बताएपनि महिलाले मन्दिर भित्र पस्न खोजेपछि उनीहरुबीच विवाद भएको थियो । विवादका क्रममा पुजारीले ती महिलालाई कपाल भुत्ल्याएर न्याक्दै लछारपछार गरी मन्दिरबाट निकालेका थिए । पुजारीलाई हाल मन्दिर कमिटीबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।