राजनीति

माधव पक्षबीच नै मनमुटाव, कहिले ओलीतिर कहिले प्रचण्डतिर (भिडियोसहित)


काठमाडौँ – पार्टी एकता कि सरकारमा सहभागीता भन्ने विषयमा टुङगो लगाउन नेकपा एमालेको माधव पक्ष विगत केहीदिनदेखि छलफलमा छ । तर यो पक्षले पनि नेताहरुबीच मतभेद चुलिएपछि ठोश निष्कर्ष निकाल्न सकेको छैन ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल न यता, न उताको अर्थात् सत्तापक्ष कि प्रतिपक्षको भनने अवस्थामा छन् । दुबै तिरको भूमिका भने सशक्त रुपमा निभाइरहेका छन् । पार्टी एकता गर्न दैनिक जसो बैठक र छलफलमा व्यस्त भएपनि उत्तिकै छलफल र गृहकार्य सरकारमा सामेल हुने कुरामा पनि छ । विगत केही दिनदेखि काठमाडौंको पार्टी प्यालेसमा छलफल चलिरहेको छ । शुक्रबारको बैठकमा नेता नेपालले एमाले एकताका लागि ओलीले जति गाली गरेपनि आफु तयार रहेको बताएका थिए । बैठकमा सहभागी अधिकांश नेताहरुले सम्मानजनक एकतामा जोड दिएका थिए ।

एकताका लागि ओलीले माफी माग्नुपर्नेसम्मको अडान माधव नेपालले लिएका छन् । हरहालतमा पार्टी एकतामा जानुपर्ने दोस्रो तहका नेताको दबाबले केही आशातित संकेत देखिएपनि समानान्तर गतिविधिले समस्या बल्झाएको देखिन्छ । ओलीले केहीदिन अघिमात्रै पार्टीका विभिन्न आयोगमा आफु पक्षिय नेताहरु मात्रै हुलेर संरचना बनाएका छन् ।

जसले पार्टी एकतामा समस्या निम्त्याएको छ । उता माधव नेपालको सरकारमा सहभागीता बारे सत्ताधारी गठबन्धनले निर्णय पर्खिबसेको छ । सत्तापक्ष बन्ने कि प्रतिपक्षमै बस्ने नेपालको दोहोर भूमिकाका कारण पार्टी एकतका अलवा सरकारले समेत पूर्णता पाउन सकिरहेको छैन ।