राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेका लागि बोलाइयो


काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेका लागि बोलाइएको छ । साउन २८ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुख्य सचिव पौडेलले शुक्रबार जारी विज्ञप्तिमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका बैठकमा प्रस्तुत गरिनेछ ।