राजनीति

माधव पक्षको बैठक सकियो,पार्टी एकतामै जोड दिने निर्णय


काठमाडौँ – नेकपा एमाले माधव नेपाल पक्षको बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा पार्टी एकतामै जोड दिने निर्णय गरेको छ ।

केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले १०बुँदे सहमतिले एकताको आधार तयार पारेको भन्दै थप प्रयास गर्ने निर्णय गरेको छ ।