राजनीति

भूमि आयोग विघटनविरुद्ध सर्वोच्चमा रिट


काठमाडौँ – भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता प्रवेश केसीले शुक्रबार रिट दायर गरेका हुन् । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय कानुन विपरित रहेको केसीको जिकीर छ ।

साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त आयोग खारेज गरेको हो। एमाले नेता देवी ज्ञवाली नेतृत्वको उक्त आयोग यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६ चैतमा गठन गरेको थियो ।