राजनीति

डा.केसीद्वारा सत्याग्रहको घोषणा, स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नु पर्ने माग


काठमाडौँ – चिकित्साक्षेत्रको विकृतिविरुद्ध संघर्षरत चिकित्सक गोविन्द केसीले फेरि सत्याग्रहको घोषणा गुर्नभएको छ । डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै आफुले उठाउँदै आएका मागहरु पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको हो ।


डा.केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सार्नु भएको छ । यस्तै उहाँले ’बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेढ महिना बढी चलेको आन्दोलनका मागहरु पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्दै चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्न समेत माग गर्नुभएको छ ।