राजनीति

भुटानले उपलब्ध गराएको तीन लाख खोप नेपाल आइपुग्यो


काठमाडौँ – भुटानले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको कोरोनाविरुद्धको तीन लाख डोज खोप नेपाल आइपुगेको छ । ड्रुक एयरलाइन्सको जहाजमार्फत आज बिहान एस्ट्रजेनिका खोप नेपाल आइपुगेको हो ।

भुटानले आफ्ना नागरिकलाई दिएर बचेको खोप नेपाल पठाएको हो । ७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो ।

नेपालमा भने उक्त खोप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ ।