राजनीति

महामन्त्री डा.कोइराला भन्छन्: आगामी मंसिरसम्म महाधिवेशन हुनु पर्छ


काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा.शसांक कोइरालाले पार्टीको चौधौँ महाधिवेशन आगामी मंसिरसम्म सम्पन्न हुनेगरी मिति तोक्नुपर्ने बताउनुभएको छ । यस अघि तोकिएको मितिमै सम्पन्न गर्ने भनेपनि क्रियाशील सदस्यता विवादले त्यो सम्भव नभएको बताउनुभयो ।

शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसग कुराकानी गर्दै महामन्त्री डा.कोइरालाले तोकिएको मितिमा महाधिवेशन असम्भव भइसकेको र महाधिवेशनको मुखमा आएर मिति सार्दा नेता कार्यकर्तामा नैराश्यता छाएको बताउनु भयो ।

अब चाँडै नै केन्द्रीय समितिको बैठक बोलाएर मंसिरसम्ममा गर्नेगरी मिति तोक्नुपर्ने बताउनु भएको छ । साथै महामन्त्री कोइरालाले आफू सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभयो ।