राजनीति

प्राधिकरणमा कुलमान ल्याउने कुरा कति सम्भव ? (भिडियोसहित)


काठमाडौँ – पूर्व कार्यकारी निर्देशककुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुन: नियुक्त गर्ने विषय यतिवेला चौतर्फी बहसको विषयबनेको छ । आफ्नो कार्यकाल पूरा गरी घर फर्किदै गरेको अवस्थामा जनस्तरबाटै घिसिङलाई प्राधिकरणमा पुन नियुक्त गरिनु पर्ने माग जनस्तरबाट उठ्दा पनि सरकारले उनलाई दोहोराएको थिएन । तर वर्तमान सरकारले उनलाई नेतृत्वमालाने बताएको छ । यो कति सम्भव छ त ?

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएको छ महिना भएको छ । छ महिना यता निरन्तर प्राधिकरणको चुहावट बढेकातथ्य सार्वजनिक भइरहेका छन् । चुहावट बढ्दै जाँदा प्राधिकरणको नाफा घट्दै गएको छ ।

चार वर्षे कार्यकाल पूरा गरेर घिसिङ प्राधिकरणबाट बाहिरिँदा जनस्तरबाटै उनलाई पुन नियुक्त गरिनु पर्ने माग उठेको थियो । तर तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीले शाक्यलाई प्राधिकरणमा नियुक्त गरेकाथिए । यता वर्तमान सरकारले शाक्यलाई हटाएर पुन घिसिङलाई नेतृत्वदिने तयारी थालेको छ । निरन्तर चुहावट बढेको,चुहावटले प्राधिकरणको नाफा घटेको लगायतका कारण देखाएर शाक्य असफल बनेको वर्तमान सरकारको मूल्यांकन छ ।

फलत : प्रधानमन्त्री शेरबहादुर देउवाआफैंले ऊर्जा मन्त्रीपम्फा भुसाललाई कुलमान घिसिङलाई प्राधिकरणमा राख्नप्रक्रिया अघि बढाउन निर्देशनदिएका छन् । जसका लागि शाक्यलाई राजीनामाका लागि दबाब दिईएको खबर समेत बाहिरिएका थिए । तर शाक्य स्वयंले भने त्यस्तो माग नभएको प्रतिक्रिया दिएका छन् ।अन्य जिम्मेबारी दिने सकिने विषयमा आफूसंग छलफल भएको र सरकारले चाहेको जिम्मेबारी बहनगर्न आफू तयार रहेको उनले बताएका छन ।

कुनै बेलाघाटामा रहेको प्राधिकरण घिसिङको नेतृत्वमा आर्थिक वर्ष ७६/७७ मा ११ अर्ब नाफामागएको थियो । कुलमानले प्राधिकरण छाडेर हिँड्दा चुहावट १५ प्रतिशत हाराहारीमा रोकिएको थियो । अहिले नयाँआर्थिक वर्ष सुरु भएको छ । गतआर्थिक वर्षको तथ्यांक सार्वजनिक भइसकेको छैन । दुई वर्षअघि ११ अर्ब नाफा कमाएको प्राधिकरणले गएको वर्ष ५ अर्बभन्दा बढी नाफानकमाएको र शाक्यले प्राधिकरण सम्हालेकै वर्ष संस्थाले ६ अर्ब जति घाटा व्यहोरेको दावीगरिन्छ ।

चुहावट बढ्दा प्राधिकरणको नाफा घट्ने मात्रै होइन, चुहावट पुरानै अवस्थामा फर्कियो भने प्राधिकरण घाटामा जान थाल्छ । तर शाक्यलाई दुई बर्ष पनिनभई हटाउने कुरा बैधानिक नभएको पूर्वकार्यकारी निर्देशकहरु बताउछन । कसैलाई जिम्मेबारी दिनकै लागि पद्धतीमाथि नै प्रहार गर्न नहुने उनको तर्क छ । यदि जिम्मेबारी दिने नै भएआफैले छाडेर मन्त्री पद नै दिनउनीहरुको चुनौतीछ । तर कुनै एक कर्मचारीको निरिहितालाई आफ्नो स्वार्थको हतियार बनाउननहुने उनीहरु बताउछन ।

कुलमान घिसिङलाई प्राधिकरणमा ल्याइनु पर्ने जनचाहना र प्राधिकरण समेतको हितलाई ध्यानमा राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई प्राधिकरणमा ल्याउन निर्देशन दिएको भन्ने विषयले ऊर्जा क्षेत्र अहिले तरंगीत छ । शाक्यले राजीनामा दिएमा वा उनलाई मन्त्रालय पठाएर प्राधिकरणमा नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्न सरकारले सक्छ ।

यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको बताइएको छ यद्यपीयस विषयमा सरकार कसरी अघाडी बढ्छ र शाक्यको व्यवस्थापन कसरी गर्छ भन्ने विषयले कुलमानको प्राधिकरण यात्रा तय हुने छ ।