राजनीति

एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने


काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि पत्रकारसंग कुराकानी गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरु सरकारमा नजाने बताउनुभएको हो ।

पन्तले भन्नुभयो ‘सरकारमा जाने सम्भावना नै छैन,’ तर ‘हामी एउटै पार्टीमा छौं, अपोसिजसनमा छौं ।’ उहाँले पार्टी एकतातर्फ सकारात्मक भएको बताउँदै वार्ता अझै जारी रहेको बताउनुभयो ।