राजनीति

खनाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी एकताको बारेमा छलफल हुने स्थायी कमिटी सदस्य भीम आचार्यले बताउनुभयो ।