राजनीति

आजबाट विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने


काठमाडौँ – आजदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गरिने भएको छ । यसका लागि अनलाइनमार्फत तोकिएको ढाँचामा फारम भरी मागिएका कागजातहरु अपलोड गर्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । अनलाइनबाट अपलोड गर्न नसक्नेहरुको लागि भने स्वास्थ्य मन्त्रालयले आज बिहान १० बजेदेखि हरेक दिन राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर कागजातहरु पेश गर्नुपर्नेछ ।

क्युआर कोडका लागि राहदानी, खोप कार्ड, विदेश जानेको हकमा भिसा र टिकटको फोटोकपी आवश्यक पर्नेछ ।