राजनीति

काँग्रेस शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने सहमति


काठमाडौँ – नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली काँग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद ३ दिन भित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजक समेत रहनु भएका नेता रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ ।।