काठमाडौँ – एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
केही समययता भारतको अपोलो हस्पिटल दिल्लीमा उपचाररत खनालको मृगौला प्रत्यारोपण सफल भएको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको आज सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ ।
बुधबार सर्जन डा. सन्दीप गुलरियाको नेतृत्वमा रहेको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । अब केही समय अस्पतालमै आराम गरी उनी नेपाल फर्किने जनाइएको छ । यसैबीच, एक सूचना सम्प्रेषण गर्दै उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो राख्ने सबैमा आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया