राजनीति

भरत दाहालले ठम्याएको विकल्प–हिंसा विना परिवर्तन हुँदैन, देश वारपारको लडाइँमा गयो, नेता सबै असुरक्षित


काठमाडौँ – नेपालमा अहिले सबै राजनीतिक दलबाट नागरिकको विश्वास हटेको छ । प्रत्येक दल छिन्नभिन्न हुने अवस्था पुगेको छ । अहिले पार्टीदेखि नेताहरुको लोकप्रियता घटेको छ । संसद्मा रहेको पहिलो पार्टीदेखि शीर्ष चार दलका रहेपार्टी पछिल्लो घटनाक्रम हेर्ने हो भने सबै फुट्ने संघारमा पुगेको छ । एमालेमा ओली पक्ष र खनाल–नेपाल पक्ष दुई फुटमा विभाजित छ भने जसपाको पनि हालत त्यस्तै नै छ । यता सत्तारुढ दल नेपाली कांग्रेसमा पनि महाधिवेशनको पूर्व सन्ध्यामा तछाडमछाडको दृश्य देखिएको छ । माओवादीका नेताहरु पनि कोही एमाले त कोही कतै लागेका छन् ।


यस्तैमा अहिले देशमा भएको व्यवस्था नै नेपाली जतनालाई जबरजस्ती थोपरिएको त्रिमुल पार्टीका अध्यक्ष भरत दाहालको भनाई छ । नेपालमा जति पनि व्यवस्थाका लागि आन्दोलन भएको छ त्यसको सुरु र अन्त्य नेपालबाट नभएको उहाँले प्रतिक्रिया दिनु भयो । अहिललको शासन व्यवस्था विदेशीले ल्याइदिएको बताउनु भयो ।

योहो बहसमा कुरा गर्दै दाहालले देश वारपारको लडाइँमा गएको तर्क दिनुभयो । नेपाललाई समाप्त पार्न लागेको आरोप लगाउनु भयो । अहिलेको नै गतिमा गए नेपाल अबको पाँच वर्षमा नै समाप्त हुने उहाँको भनाई छ । दल देखाउने दाँत मात्रै भएको छ । राज्य प्रणाली र राजनीतिक मामिलाहरुमा निर्णय गर्ने हैसियत पनि राजनीतिक दलहरुसँग नरहेको उहाँको दावी छ । थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।