राजनीति

नेविप्रामा पुनः कुलमानलाई ल्याउने तयारी, के शाक्यले राजीनामा दिएर सहयोग गर्लान् ?


काठमाडौँ – सरकारको पछिले निर्णयले यतिखेर ज्यादै चर्चा पाएको छ । विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकको रुपमा फेरि पनि कुलमान घिसिङलाई ल्याउने तयारी भईएको समाचार बनिरहँदा जनतामा एक किसिमको खुशीयाली छाएको छ ।


०७७ भदौ २९ गते विद्युत् प्राधिकरणको चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङको कार्यकालमा लोडसेडिङ अन्त्य भएको थियो । कार्यकाल सकिएपनि घिसिङलाई पुनर्नियुक्त गर्न सरकारलाई दबाब परेको थियो । तर, तत्कालीन केपी ओली सरकारले केही समय प्राधिकरणमा निमित्त कार्यकारीमार्फत काम गरेर अन्तिममा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । वर्तमान कार्यकारी निर्देशक शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको, लोडसेडिङ बढ्दै गएको र प्राधिकरणको व्यवस्थापकीय क्षमता पनि कमजोर भएको भन्दै राजीनामा गर्न दबाब बढेको छ ।

यसै विषयको निकटमा रहेर न्यूज एण्ड भ्यूजको आजको अंकमा चर्चा गरिएको छ । पूरा भिडियो हेर्नुहोस् ।