राजनीति

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ – विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पूरा गरेर कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति गर्न मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई देउवाले निर्देशन दिएका हुन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी कार्यकारी निर्देशकबाट बिदा भएका थिए। यसअघि घिसिङले नै नेपाललाई लोडसेडिङमुक्त बनाएका थिए ।

यस्तै सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ। कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट राजीनामा शाक्यलाई दिन आग्रह गरेको छ ।