राजनीति

आज केपी ओली र माधव नेपालबीच भेट नहुने


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार हुने भनिएको भेट नहुने भएको छ । एकताका बारेमा वन–टु–वन वार्ता गर्न ओली र नेपाल भेट्ने करिब–करिब निश्चित भए पनि एकता प्रक्रियाका विभिन्न विषयमा कुरा नमिल्दा नेताद्वयबीच भेट नहुने भएको हो ।

दुई नेताबीच भेट्ने सहमति भए पनि कतिपय विषयमा अझै अस्पष्टता भएका कारण भेट निश्चित नभएको एक नेताले जानकारी दिए ।