राजनीति

संसद्‍मा गृहमन्त्रीको जवाफ : छानबिन टोली दार्चुला पुगिसक्यो


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामी बेपत्ता भएको विषयमा मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला पुगेको बताएउनु भएको छ । गृहमन्त्री खाँणले छानबिन टोली दार्चुला पुगेको र १० दिनभित्र प्रतिवेदन बुझाउने बताउनुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग सार्वजनिक महत्त्वका विषयमा बोल्न समय माग गर्दै गृहमन्त्री खाँणले घटनाबारेमा जानकारी गराउनु भएको थियो । गृहमन्त्री खाँणले दार्चुलाको ब्यास गाउँपालिका मालघाटमा साउन १४ गते जयसिंह धामी महाकाली नदीमा तुइनबाट नदी तर्ने क्रममा ज्यान गएको भन्दै नरेन्द्रसिंह धामी लगायत ३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको समेत उल्लेख गर्नुभयो ।