राजनीति

ओलीको बोलीको ठेगान रहेनछ : कांग्रेस सांसद नेपाली


काठमाडौँ – नेपाली कांग्रेसकी सांसद विमला नेपालीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बोली ठेगान नरहेको आरोप लगाएकी छन् ।

देशबाट सबै तुइन हटाइसक्ने तीन वर्षअघि नै गरेको घोषणा अझै कार्यान्वयन नभएको भन्दै उनले ओलीमाथि कटाक्ष गरेकी हुन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै तुइन नहटाएकै कारण दार्चुलामा भारतीय सुरक्षाकर्मीको ज्यादतीबाट एक नेपालीको ज्यान लिएको बताएकी छन् ।