Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

गण्डकीका नयाँ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरे पदबहाली


काठमाडौँ – गण्डकीका नयाँ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गर्नुभएको छ । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्नुभएको थियो ।

पदबहाली गर्दै प्रदेश प्रमुख गुरुङले संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न संविधानलाई आत्मसात गर्दै जिम्मेवारी बहन गर्ने बताउनुभयो । संघीय व्यवस्थालाई कमजोर हुन नदिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

गण्डकीमा यसअघि २० वैशाखमा अमिक शेरचनलाई पदमुक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पौडेललाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो । देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ नियुक्त गरेको हो ।