राजनीति

केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्नुस् : आनन्दप्रसाद पोखरेल


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो, सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ ? वा जेल हाल्न चाहानुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’

नेता पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिले नेपालको राजनीतिक अत्यन्तै तरल अवस्थामा छ। संक्रमणकालीन अवस्थामा छन् । राजनीतिक अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ। यसमा नेपालको आन्तरिक राजनीतिक कारण पनि छ, अर्को बाहृय शक्तिको पनि हात छ। र न्यायलयको फैसलाले पनि यो अवस्थाको श्रीगणेश गरेको छ ।’

सत्तापक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेर घोषणा गरे पनि त्यो उनीहरूको पराजित मानसिकता भएको पोखरेलले टिप्पणी गर्नुभयो । त्यस्तै उहाँले आफूहरू केपी ओलीयुक्त नेपाल बनाउने अभियानमा लागेको पनि बताउनुभयो ।