राजनीति

माओवादीका चार पूर्वसांसदलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले स्पष्टीकरणको मौका समेत दिएर सांसदबाट हटाएको देखिएकाले अन्तरिम आदेश दिन अस्विकार गरेको आदेशमा उल्लेख गरिएको छ ।