राजनीति

सभामुख सापकोटाद्वारा भूकम्पले क्षतिग्रस्त भएको सिंहदरवारस्थित संसद भवनको अवलोकन


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गर्नु भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गर्नु भएको हो । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताउनु भयो ।

भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पूरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यका साथ आफूले अवलोकन गरेको पनि स्पष्ट पार्नु भयो । सभामुख सापकोटाले सो संसद भवनलाई संग्रहालय र पुस्तकालयको रुपका विकास गर्ने आफ्नो सोच रहेको पनि स्पष्ट पार्नु भयो ।

सिंहदरवारको मुटुमा रहेको यो संसद भवन ऐतिहासिक तथा पुरातात्विक महत्वको भवन हो । राणाकालमा भारदार सभाका लागि प्रयोग गर्ने गरिएको यो भवनमा राणाकालको अन्त्यसँगै संसद भवनको रुपमा प्रयोग गरिएको थियो ।