कोरोना विशेष

कोरोनाको जोखिम बढ्यो : ३ हजार १२५ संक्रमित थपिए, २३ जनाको मृत्यु


काठमाडौँ –पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार २७९ जना र एन्टिजेन विधिबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८९८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रिमितको संख्या ३१ हजार ६२९ रहेका छन् ।