राजनीति

देउवा, प्रचण्ड र यादवबीच बालुवाटारमा छलफल


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच बालुवाटारमा छलफल शुरु भएको छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो ।

सोमबारको छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी गराएको छ ।