राजनीति

माओवादीमा गएकी लुम्बिनी प्रदेश सांसद वली एमालेमै फर्किइन्


काठमाडौँ – लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताउनुभएको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी उहाँले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताउनुभएको छ । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उहाँले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोज्नुभएको थियो ।

मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ उहाँले भन्नुभएको छ, नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’

दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि पत्नी विमला उपनिर्वाचनमा विजयी हुनुभएको थियो ।