काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २ नयाँ कम्पनीको कारोबार खुल्दैछ ।
उक्त दुवै कम्पनीको साधारण सेयर (आईपीओ) आइतबार नेप्सेमा सूचीकृत भएको थियो । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ लाख ११ हजार ५ सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबी सिम्बोल पाएको छ ।
त्यसैगरी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड १५ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि युएलआई सिम्बोल पाएको छ ।
प्रतिक्रिया