राजनीति

एमालेले असोज ३ गते वडा र ९ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय


काठमाडौँ – नेकपा एमालेले पार्टी सदस्यताको नवीकरण र अध्यावधिक गर्न समयसीमा तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण र अध्यावधिकका लागि समयसीमा तोकेको हो ।

साउन २३ गतेभित्र जिल्ला पार्टी कमिटी र प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्ने निर्णय बैठकले गरेको महासचिव ईश्वर पोखरेलले बताउनुभयो । उहाँले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउनका लागि सो निर्णय गरिएको बताउनुभयो ।

पोखरेलका अनुसार एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने छ । त्यस्तै, असोज ९ गते पालिका स्तरका अधिवेशन गर्ने छ ।

त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुनस् स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् ।