राजनीति

देउवा सरकारको खेदो खने ओलीले, एमाले नेताकै हैसियतमा गठबन्धनमा सहभागी नहुन नेपाललाई चेतावनी


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको आरोप लगाउनुभएको छ । आइतबार तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेताकै हैसियतमा गठबन्धनमा सहभागी नहुन माधव नेपाललाई चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने बताउनुभयो । उहाँले देशको विकास र सुशासनको लागि कम्युनिस्ट कै सरकार चाहिने दाबी गर्नुभयो