राजनीति

माधव नेपाल समूह पार्टी एकतामा जाने देखिएको छ : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह सरकारमा नआउने बताउनुभएको छ । पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने पनि बताउनुभयो ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै उहाँले भन्नुभयो , ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’

माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उहाँले बताएको एक स्थायी कमिटी सदस्यले जानकारी गराए । यसबारे साँझ नेताहरुसंग छलफल हुने भन्दै प्रचण्डले भोलि ३ बजे स्थायी कमिटीको अर्को बैठक बोलाउनुभएको छ ।