राजनीति

माओवादी केन्द्रीय समिति बैठक साउन ३० गते बस्ने


काठमाडौँ – माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ । साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेसम्मका लागि सारिएको हो । आइतबार बिहान बसेको माओवादी स्थायी कमिटीको बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।

त्यस्तै आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धनका नेताहरूसँग भेटेर कुराकानी गर्ने हुनुभएको छ । आजै बसेको स्थायी कमिटी बैठकमा श्रेष्ठले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे भइरहेका कुराकानीबारे पनि जानकारी गराउनुभयो ।