Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

सुनसरीका अधिकांश क्षेत्र जलमग्न


काठमाडौँ – निरन्तरको वर्षाले तराई भूभागमा पर्ने सुनसरी जिल्लाका अधिकांश क्षेत्रहरु जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा परेका छन् ।

इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएउ भई सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जलस्तर बढको छ ।

सुनसरी, बुढी, गडन लगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यता सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च मापन भएको छ । कोशी नदीमा अहिले २ लाख क्यूसेक भन्दा बढि पानी बगिरहेको छ ।

सुनसरी प्रशासनले जनाए अनुसार यतिबेला सप्तकोशी नदीमा पानीको वहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ति समेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बहाव बढेपनि खतरा भने नरहेको बताउनु भएको छ ।