खेलकुद

युरोकप फुटबल : चेक रिपब्लिक भर्सेस डेनमार्क र युक्रेन भर्सेस इंग्ल्यान्ड भिड्दै


काठमाडौँ – जारी युरो कप फुटबलमा शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा चेक रिपव्लिकले डेनमार्कको सामना गर्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुने चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । १२ः४५ बजे सुरु हुने इंग्ल्यान्ड र युक्रेनबीचको खेल इटालीको रोममा हुनेछ ।

यसअघि शुक्रबार राति भएका खेलमा इटली र स्पेनले सेमिफाइनलमा स्थान बनाएका छन् । बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेको हो भने स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ ।