राजनीति

तपाईँको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ : माधव नेपाल



काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रिय कमिटी बैठकमा बिहीबार वरिष्ठ नेता माधव नेपालसँग भएको टेलिफोन कुराकानीबारे जानकारी गराउनुभएको छ ।

एक केन्द्रिय सदस्यले प्रधानमन्त्री ओलीले नेपालसँग भएको टेलिफोन कुराकानीका बारेमा बैठकमा जानकारी गराउँदै यसो भन्नुभयो,‘मैले भेटौँ भनेर हिजो बेलुकी माधवजीलाई फोन गरे । २०–२५ मिनेट जति कुरा गरे । भेटौँ भन्दा माधवले मान्नुभएन । मलाई तपाईँको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ ।’