कोरोना विशेष

अब कोरोना भाइरसविरुद्धको खोपको अभाव हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताउनुभएको छ । शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँने दाबी गर्नुभयो ।

उहाँले भारतबाट दोस्रो डोज नआउँदा समस्या भएपनि समाधान भएको बताउनुभयो ।