काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने दिने सहमति प्रदान भएको छ । अर्थ मन्त्रालय र निर्वाचन आयोगको सहमति अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा व्यवस्थापनमा उक्त रकम खर्च हुनेछ ।
आगामी कार्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकम प्रयोग गर्न अर्थ मन्त्रालयले सहमति दिएको बताएको छ । चुनावका विरुद्धमा परेको रिटमा भने अहिले सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।
प्रतिक्रिया