काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नगद पुरस्कार प्राप्त भएको छ । क्रिकेट टिमको जर्सी प्रायोजकसमेत रहेको माई सेकेण्ड टिचरले नगद पुरस्कार हस्तान्तरण गरेको हो ।
गत वैशाखमा भएको टी–२० त्रिदेशीय सिरिजको विजेता नेपाली टिम र त्यस खेलमा डुब्यू गरेका खेलाडीलाई एक कार्यक्रमका बीच नगद पुरस्कार हस्तान्तरण गरेको हो । प्रोत्साहन र सम्मानस्वरुप नेपाली टिमलाई नगद ५ लाख र डुब्यू गर्ने चार खेलाडीलाई समान १–१ लाख रुपैयाँ प्रदान गरेको हो ।
उक्त सिरिजमा चार खेलाडी कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीले डेब्यु गरेका थिए । पुरस्कार ग्रहण कार्यक्रममा टिम कप्तान ज्ञानेन्द्र मल्लले यस्ता सम्मानले खेलाडीलाई थप प्रेरणा मिल्ने बताउनुभएको थियो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई कीर्तिमानी १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिताको फाइनल दौरान घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण ढिला गरी हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया