काठमाडौँ – आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज (शुक्रबार) बिहान ट्विटरमार्फत जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ ।
यस क्रममा प्रदेश नं १, २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी (ठूलो) वर्षा हुने सम्भावना छ । ट्विटरमा अगाडि लेखिएको छ, ‘भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ ।
महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।


प्रतिक्रिया