कोरोना विशेष

डेल्टा भेरियन्टका कारण बंगलादेशमा एक साताका लागि लकडाउन आदेश जारी


काठमाडौँ – कोरोना भाइरसको संक्रमण बढेसँगै आजदेखि बंगलादेशमा एक साता लामो लकडाउन लागू गरिएको छ । संक्रमण नियन्त्रणमा नआएपछि बंगलादेशमा दोस्रोपटक कडा किसिमको लकडाउन गरिएको हो । लकडाउन उल्लंघन गर्नेलाई जेल सजायसम्मको व्यवस्था गरिएको छ ।

कोरोनाको डेल्टा भेरियन्टका कारण बंगलादेशमा पछिल्लो केही दिनमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेकोे छ । बंगलादेशमा अहिलेसम्म ४० लाख मानिसले कोरोनाविरुद्धको खोपको पूरा डोज लगाइसकेका छन् ।

त्यस्तै १५ लाख मानिसले एक डोज खोप लगाएका छन् । भरतले खोप उपलब्ध नगराएपछि उनीहरुले दोस्रो डोज कहिले पाउछन् भन्ने अनिश्चित बनेको छ ।