राजनीति

इजलासमा प्रधानन्यायाधीशको प्रश्न : आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको ?


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न आएका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरुलाई दिने दायित्व किन निर्वाह नगरेको भन्दै प्रश्न गर्नुभएको हो । ‘सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था छैन भने संविधान जिउँदो राख्न अरुलाई समर्थन गर्ने उहाँको दायित्व होइन ?,’ उहाँले प्रश्न गर्नुभयो ।

दालतले संसद विघटन ठीक भएन भनी आदेश दिइसकेपछि प्रधानमन्त्री किन त्यही बाटोतिर गएको भनी जबराले प्रश्न गर्नुभएको हो । अधिवक्ता कोइरालाले जो निर्वाचित हो उसैले त्याग गर्नुपर्छ भन्ने विषयमा जवाफ आफूसँग नभएको बताउनुभयो ।