देश

सामाजिक कल्याणद्वारा भेन्टीलेटर सहयोग


काठमाडौँ – सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड–१९ का बिरामीहरुका लागि आवश्यक पर्ने बाईप्याप भेन्टीलेटर हस्तान्तरण गरेको छ ।

वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड–१९ को विरामीको उपचारका लागि आवश्यक पर्ने ६५ थान बाईप्याप भेन्टीलेटर आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । जनउद्धार केन्द्रको सद्भावना दूतको रुपमा रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बाईप्याप भेन्टीलेटर हस्तान्तरण गर्नुभयो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले उपलब्ध बाईप्याप भेन्टीलेटर जिल्ला अस्पतालहरुमा पनि प्रयोग गर्न सकिने बताउनुभयो । बाईप्यापमा अक्सिजन खपत पनि कम हुने उल्लेख गर्दै यसको आवश्यकता रहेको प्रमुख पोखरेलको भनाई छ ।