Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

राजधानीमा सरकारविरुद्ध प्रदर्शन, ओलीको पुत्ला दहन गरियो


काठमाडौँ – काठमाडौँको प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन भएको छ । पाँच विपक्षी गठबन्धनको विद्यार्थी संगठनले संयुक्तरुपमा बिहीबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगनमको संज्ञा दिँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको छ ।

प्रहरीले पुत्ला खोसेर निभाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ केही बेर तनावको अवस्था सिर्जना भएको थियो ।